भाषा प्यारो हुन्छ नै :) आफ्नो मातृभाषा झनै प्यारो हुँदोरहिछ। जुन भाषामा बालककाल देखि हुर्कियो, बढीयो, खेलियो, कुदियो त्यो भाषा झनै प्यारो हुँदोरहिछ ।
आज यसरी बुबाको मुख हेर्ने दिन कुशेऔंसीमा हाम्रो आफ्नै नेपालीभाषा प्रयोग गरेर आफ्नो विचारहरू आजका दिनबाट शुरूगरी राख्नपाउँदा म अहिलेको विज्ञानलाई धन्यवाद न दिइरहनसक्दिन ।
आजको औंसी अर्थात् कुशेऔंसी हामी नेपालीको एक महान चाँडभित्र नै पर्दछ तर यसमा पनि हाम्रो नेपाल सरकारले छुट्टी दिएको छैन? किन हो यसरी भेदभाव? :( त्यसमाथि कोरोना कहर छुट्टै छदैछ। :( दुर्गा कुञ्ज यो कहीं कतै कुनै ठाउँको नाम हो, आफ्नो नाम, हाम्रो, हामी सबैको नाम र आज यसरी यस नामबाट नै यो सानो वेबसाइट खोलेर यसरी बुबाको मुख हेर्ने दिन बाट शुभारंभ गर्न पाउँदा, आफूले आफैलाई भाग्यमानी सम्झनुको विकल्प म देख्दिन ।
बाबा शब्द नै छुटै मिठो र प्यारो छ, मेरो मानसपटलले भ्याएसम्म मैले पनि सम्वोधन गर्ने मौका पाए तर तृप्त हुन्जेल पाइन। यो संसारमा तृप्त र तृप्ति के नै मा पो छ र ? त्यसपछि थुप्रै मौका हरु मिले, मलाई मेरो माइला बाबाले पनि माया गर्नु हुन्थ्यो। माइला बाबालाई अगाडि माइला थपेर बाबा भन्दा एक किसिमको ऊर्जा, डर, आदर सबै आउँथ्यो यसको बदला वहाँको माया अर्कै किसिमको कसैले पोल सारेर पिट्नु परे रिसको झोकमा पिटी हाल्ने अनि फेरी एकान्तमा बोलाएर आँखा भरी आँशु पारेर अंगालो हाल्ने गर्नु हुन्थ्यो। मेरो सम्झनामा दुई पल्ट भेटेको छु, पहिला पिटाइ अनि माइला बाबाको आँखामा आशु भरीएको अंगालो :), बुझ्नुहुन्थयो वहाँ, "छोरा मानिस हो, एकदम छिट्टो छ, हतार गरेर केही गर्दा केही बिग्रयो होला, सानै पनि त छ नि" भन्ने सोच पछि आएर माया गर्नु हुन्थ्यो ।
जिन्दगीमा थुप्रै तल माथि हुँदो रहिछ र हुनु पनि पर्दो रहिछ (मलाई मात्र है फेरी अरुलाई नहोस् 🙏 :)) मन खाएर थुप्रै रुने कराउने साइबाबासँग गरियो, एक आकृति, एक डर, एक आवेग सायद थुप्रै वर्ष सम्म त्यो सम्बन्ध रही नैं रहयो त्यस बिच म प्रति जिज्ञासु राख्ने एक व्यक्ति सँग भेट भयो, उसले जिज्ञासा राख्दा म पनि उसको साथ नजिकिए।
उसले हरेक कुराहरु झर्को नमानि भन्दा म एक भोकाएको भोको व्यक्ति सरी सबै सुन्थे । कुनैबेला फुकेटमा एकाबिहानै समुन्द्र किनारा जाँदा उ कहा न कहाँ अर्कै देशको मानिस एक्कासी समुन्द्र किनारमा भेट भएर मलाई HTML बारे भनेको अझै याद गर्दछु । उ बाट थुप्रै कुरा हरु जान्ने बुझ्ने र सिक्ने मौका पाए,जुन ऊर्जाको रूपमा मैले त्यसलाई प्रयोग गर्न जति गर्नु पर्ने हो मेरो वातावरण र क्षमता ले पाए, त्यस अनुरूप पनि म भाग्यमानी नै सम्झन्छु।
ज्ञान, सदभाव, समर्थन, प्रेरणा, आशा, भरोसा, मार्गदर्शन जुन मैले आशुतोष बाबा बाट पाएको छु, त्यसलाई पनि म आजको दिन नकार्न सक्दिन ।
र अन्तमा सबै प्रति दुइहात जोडी नतमस्तक भएर Happy Father's day को सुभकामना चढाऊदछु । 🙏🙏
No comments:
Post a Comment