मेरो एक साथी चतुर्भुज मायाले चतुर भन्छु । प्राय मसँगै हुन्छ, मलाई छोडेर निकै पल्ट गयो फेरी म उसलाई फकाएर साथनै लिएर आउँछु ।
उ संगको मेरो सानिध्य आज भन्दा धेरै वर्ष अगाडि कक्षा ५ पढ्दा देखिको हो। हाम्रो सम्बन्ध त्यहीसाल टुट्यो फेरी कक्षा ९ मा मिलन भयो । त्यो पनि एक महामहिमले मलाई "तेरो बुद्धि छैन, चतुरसँग संगत गरिस् भने अलिक मानिस हुन्छस् की" भनेर मारसँग गाली खाइयो, त्यही सालबाट हामी निकै नजिकिएका थियौं। उसले मलाई एकाग्र बनाउन र हुन सिकायो फेरी उ मबाट छुटिन खोज्दथियो तर म उसको पीछा छोड्नेवाला कहाँ थिए र आज यस्तो Corona lock down भएको बेला उ फेरी मेरो साथ नै छ र उसको साथले मपनि धेरै खुसीछु ।😁
उ भन्ने गर्छ "मानिसले भर्याङ्गलाइ (सीडी) किन वास्ता नगरेको?"
म चुपचाप उसको कुरा सुन्छु फेरी उ भन्छ "सीडी चढ्छन्, यही सीडीको मद्दतले कति कति माथि पुग्छन् तर किन फर्केर वा ढोग गरेर जाँदैनन्" ?
उसको कुराले म अवाक हुन्छु, फेरी सानो छँदा Snake and Ladder साँप-सीडी खेलेको, त्यसमा ९९ पुग्ने बेला कसरी झरेर ११ मा पुगिन्थ्यो भन्ने यादमा म टोलाउन पुग्दछु।
उ बोल्न छाड्दैन, फेरी भन्छ "तलाइ जिन्दगीमा सीडी बनाएर मानिस चडेकी चडेनन्?"
उसको यस आकस्मित प्रश्नले म झस्किन्छु, भुईतिर हेरेर हलुका सास लिए जसरी केहीबोल्दिन फेरी उ गनगनाउन थाल्छ ।
उ बोल्दै जान्छ "किन कहींकतै सिडिलाई पूजनीय रूपमा भगवानको रूपमा पुजेको नदेखेको? हरेक भगवानकाे मन्दिर जाँदा मात्र धेरै रूपमा सीडीको प्रयोग भएको छ नी"?
उसको कुराले म निकै गम्भीर हुन्छु सोच्छु आखिर सीडी अर्थात् भर्याङलाई कसले पो पुज्छ र पुजेको छ? प्रयोग भयो, ठाउँमा पुगियो, त्यहाँ बाट फेरी अर्को भर्याङ्ग, अर्को बाट अर्को भर्याङ्ग यसरी लम्कनु पो जिन्दगी हो त ।
म चतुरलाई भन्छू "हुन पनि हो सीडी आफैमा एक निर्जीव प्राणी कति सजिव झै लाग्छ, हरेक गन्तव्यमा सीडी नभई पुगिँदैन तर सिडीमा कसैको हात समाएर हिँड्न थाल्यो भने समय धेरै लाग्छ, एक्लै हिँड्न थाल्यो भने गन्तव्यमा चाँडै पुगिन्छ।"
फेरी भन्छु उसलाई "कसैले उक्लिँदा गलत भर्याङ्ग पनि देखाउने गर्दछन्, भन्ने गर्छन सक्दैनस्, टाढा छ, यस्तो छ, उस्तो छ, तर आफूले प्रयोग गर्ने हो र त्यही सिडीलाई उपयोग गर्नेहरुसंग सोधखोज गरेर नै उक्लिनु पर्दछ नी।"
उ चुपलाग्छ र भन्छ "तैंले मेरो कुरा बुझिनस"
म भन्छु "तैंले अप्रत्यासित कुरा झिकिस म कसरी बुझ्नसक्छु?"
उ भन्छ "मैले यी निर्जीव जस्ता देखिनेलाई इंगित गरेर व्यक्ति विशेषलाई पो भनेको त"
उसलाई फेरि म भन्छु "सीडी आफ्नो बुद्धिविवेकले भ्याएरनै चढने हो, हो कसैले सीडी बिगारीदिने, लुकाईदिने, भत्काइदिने गरेपनि आफै सम्हालिएर चढनु पर्दछ, गन्तव्य त आफै पुग्नेहो?"
मेरो कुरा सुनेर उ मुर्मुरिन्छ अनि हामी चुपचाप नबोली एकछिन बस्या जस्तो गर्दछौं, आखिर उसलाई म चाहिने नै हो अनि मलाई उ 🙄🙄
No comments:
Post a Comment