धेरै नै समय र दिनदेखि मन स्वच्छन्द रुपमा कुदिरहेको थियो, एकाग्र पार्न हर संभव कोशिश गर्दा पनि वस्तु, परिस्थिती, समयले गर्दा चञ्चल र साथमा चञ्चलता आइनैरहेकोथियो, मनलाई जतिनै एकाग्र पार्न वा गर्न कोशिश नगरेको पनि हैन तरपनि केही अदृश्य रुप स्वरूपमा आउन खोजीनै रहदोरहिछ। शब्द थिर, स्थिर जे भनेपनि अझै अङ्ग्रेजीमा भनौं भने Permanent मिठास शब्द, हुन त संसारमा के नै थिर वा स्थिर छ नै ? तरपनि केही हदसम्म मान्नु नै पर्दो रहिछ।आजको दिन नयाँ चमक धमक, भोलिको दिन मैलो धैलो र पर्सीकाे दिनबाट पुरानो, यही नै परिवर्तीत संसार, परिवर्तनको नियम नै अपरिहार्य हुनुनैपर्दोरहिछ।
सानामा पढिएको ठोस, तरल र ग्याँस, जिन्दगीनै यही मिश्रणमा कुदिरहदोरहिछ। आज छ, भोलि छैन, पर्सी जसरी पनि हुनु नै पर्छ भनेर भन्दापनि यी सबैमा ठोस, तरल र ग्याँस यस भौतिक संसारमा एक वास्तुपरकनै हुनेरहिछ। यस वास्तुजन्य जिन्दगीको धेरैनै उतारचढाव र थुप्रै वर्षको अघोषित परिस्थिती, सानो छँदाको एक सुन्दर सपना, एक नयाँपन, एक खुसी, एक चमक, एक निर्भरता, एक थिर परिवेशमा आफैमा आफूलाई हराउँदा लुकिएको खुसी देखाउ कसरी म ?
समय बदलिँदो रहिछ, यस बदलिँदो संसारमा बदल्न हरसम्भव हरेक आत्मीय प्राणीले संघर्ष गरिनै रहेका हुन्छन्। सम्बन्ध, आत्मीय, प्रगाढ, ती बाहेक आफू आफैमा हराउँदिन भन्दाभन्दै हराउन खोज्नु, यस भौतिक संसारको एक मिठासपूर्ण अनुभूतिनै हुनआउँदोरहेछ र यो आइरहनुनै पर्दोरहिछ।
जीवन अदृश्य रहिछ र अनमोल पनि, अदृश्य र अनमोलको मिश्रण नै जीवन हो त? यदि हो भने जोवन, यौवनहरु कहाँ गए ? सोचीरहेकोछु, रहन्छु यसरी सोचिनै रहनु यसको फल हो त ? समय त समय नै हो , समयमा नै समयसँग पौठेजोडी खेल्न सकिन्छ त? सकिन्दैन भनेर चुपचाप पनि त बस्नु भएन, आफूमा आफै हराइरहनको मज्जा नै बेग्लै, त्यो बेग्लै अरुभन्दा फरक, निष्कपट अन्धकार उज्यालोको केन्द्रबिन्दु तिर लम्कन खोजिरहेको म, तर पनि त्यही आशो को त्यान्द्रोमा किन अल्झिरहेको म? त्यो नै जीवन हो र त्यसमा नै सन्तुष्टि पाइन्छ भनेर भनिन्छ, यी यावत थाहा छ तरपनि जोवन अनि योवन खै ? यसरी अनायास यावत् कुराहरू मनमा किन खेलीरहन्छ र खेलाइदोरहेछ।
नयाँ ठाउँ, नयाँ परिवेश, छिमेकी नयाँ, ढुङ्गा मुढा इट्टा पानी यावत कुरा नयाँ र सुन्दर यति सब हुँदाहुँदै पनि यस भौतिक संसार मा किन एकाङ्की र एक्लो। सायद संसार को नियमनै यही होला र यसलाई पालन गर्नु नै एक जीवन रहेछ। संसारको नियममा पौडी खेल्नुको मज्जानै बेग्लै, तर जति पौडी खेलिन्छ शरीरलाई आवश्यक ऊर्जा त निकाल्नु नै पर्दो रहिछ। पानीमा चञ्चलता छ नै, पानी सँग खेल्नु अगाडि आफुपनि जानी बुझी, के कसो गर्दा छछल्का ननिकाली शान्त भई बस्नु नै एक कला हुनेरहिछ।यी यावत कुराहरुले विचलित गरिदिँदा जे गर्न खोजेको त्यो प्राप्त नहुँदा यस भौतिक संसारमा भौतिक सुख पाइन्छ त? प्रश्नै प्रश्नले उजडिएको मेरो मन मेरो प्रश्नको उत्तर खोज्न कहाँ जाउ म ?
उत्तर खोज्न कहाँ जाउ म ?
जाऊँ म कहाँ?
No comments:
Post a Comment