आज शनिबार, बिचरा चतुर मस्त सुतिरहेको, बल्ल बल्ल व्यूँजियो, हामी उठेर मुख नधोई बाहिर निस्कियौं।
चतुर : "ओय, पैसा बोकिस हैन?"
म : "किन त सँग छैन र?"
चतुर: "म भिकारी यार, त छस र त म ढुक्क छु"
म केही बोलिन मनमनै गम्दैछु "आज मसँग छ, भोलि नहुन पनि सक्छ, हिजो पनि त थिएन आज छ, छैन र थिएन दुई फरक शब्द भएपनि एकआपसमा मिलन छ, यस्ता द्विर्थी शब्दसँगै समाज वा व्यक्तिको मिलन हुँदोरहिछ।
बिस्तारै हिँड्दै छौ, केही नबोली मानिसहरूको आवतजावत प्राय न्यून वा शुन्य छ। जुन शनिबारको चहलपहल हो त्यो देखिँदैन। हामी दुईभाइ हिड्दै छौ, जीवन एक संघर्ष र हिडाई एक गन्तव्य हो नैं।, त्यो गन्तव्यमा पुग्यो एकछिन थकाइ मार्यो फेरी अर्को गन्तव्यको दिशातिर मोडियो। संघर्ष र हिडाई नै एक अर्कासँग पुरक सम्बन्ध राख्दारहिछन् । हामी हाम्रो गन्तव्यमा पुग्यौं। सानो दोकान, दोकानमा साहुनी, साहुजी लजालु,साउनिको सानो करिब तीनवर्षको छोरा होला सायद बाबु सानो परालको म्यान्द्रोमा बसेर दूध मालपुवा खादै, हामी त्यो बाबुलाई अलिक छलेर भित्र मेचमा बस्यौ। टेबलमा यत्रतत्र छरिएका गिलास, रित्ताप्लेटहरु, यसो पन्छाउन खोज्दखोज्दै, लजालु साहुजीले हत्तपत्त सफगरिदिनुभयो।
टेबुलमा जेरीश्वारि आईपुग्यो, हामी दुई एकआपस नबोली खानथाल्यौं, चतुरलाइ थाहा छ, खानाखाँदा म चाँडो धेरै चाँडो खान्छु र खानाखाँदा बोलेको मनपर्दैन भनेर र त्यही बीचमा अनायास नैं अनेक तर्कना वितर्कना सोच्नपुदछु। यो जेरी अनि श्वारि एकआपसमा सामान्य भए पनि कति असामान्य, एकलाई पकाएसकेपछि अर्को पकाउनुपर्ने, एकको रंग सेतो अर्कोको सुन्तला पहेंलो, एक गोलो अर्को पूरा रूप हेर्दा अदुवा जस्तो तर मिठास।एकमा गुलीयोको मात्रा धेरै अर्कोमा कम, जिन्दगीनै जेरीश्वारि हो कि जस्तो, जसरी पनि अरूको लागि मन मिले नमिले पनि मिलेर जानु पर्ने। जीवन जीवन्त पार्न मिलन आवश्यक नै हुँदोरहेछ ।
चतुर भन्छ बिस्तारै "जेरिश्वारि दुवैको समिश्रण बेग्लै, कोही २ वा ३ वटा श्वारीसँग एकजेरी खाँदा पनि भएकोनैछ, एक श्वारिसँग २ भन्दाधेरै जेरी खाँदा पनि भएकोनैछ, म किन एक जेरी, एकै श्वारिमा रमाएको होला?" चतुरको कुरा सुन्दै छु, फेरी उ बोल्न थाल्छ। "दुवै परिकार आखिर तातो तेलमा उही व्यक्तिले प्रेमपूर्ण रूपमा पकाउँछन्, दुवै आकार-प्रकार, रूपमा भिन्नता, तर एकआपसमा मिल्दा कति आत्मीय स्वाद। स्वाद नै संसार अनि संसार नै स्वाद हैन र? ती दुई एकआपसमा भिन्नता हुँदाहुँदैपनि जसले आहार गर्छन् कति भित्री हृदयबाट तरंगीत प्रफुल्लितभई मिष्ठान गर्छन र भित्री हृदयबाट धन्य धन्यवाद प्रकट गर्छन। जसरी आज म भएको छु।"
अब उसको कुरा सुनेर अलिक थकित महसुस हुनथाल्छ मलाई अनि एकछिन सोच्छु, प्रकृति, समाज, आहार, विश्व अनि फेरि जेरीश्वारि अनौठो नै हो। संसारमा दुनियाथरी अाहरप्रकार हुँदाहुँदै यो शनिबार बिहानीपखको जेरीश्वारीको अनौठो मिश्रणको एक स्वाद एक खेलमा रमाउँदै र तृप्त हुँदै फेरी हामी अर्को गन्तव्य तिर लाग्छौ । पैसा तिरी सकेपछि चतुर मुसुक्क हाँस्छ जिस्काएर र भन्छ," त छस र त म छू" तर यथार्थमा उसको साथ, सामीप्य, सदभाव, मायाले गर्दा नै आज म छु, यो उसलाई पनि थाहा छ र त मलाई बेलाबेलामा जिस्काईरहन्छ।
No comments:
Post a Comment