जिन्दगी
जिन्दगी अनायास, एकाङ्की, एक्लो, एक्लो त नभनी हालौं, किनकि एकलरुपि एकान्त र एक्लो फरक शब्दार्थ तर गहन मौलिक अर्थ। बनेर बनाउने हैन, बिगारेर बनाउने पनि हैन, बिग्रिने पनि हैन, बिगारेर बनाउन पनि सक्ने हैन तर जिन्दगी खोला झै बग्दा बग्दै सँगै बगिरहनु पर्ने अति आवश्यक, आवश्यक हुँदाहुँदै पनि केही निर्भिष्ट अभिलाषाको लागि त्यागरहित जिंदगी, जिंदगी छ पनि छैन पनि, छैन र त छ, छ र त छैन भनेर भन्न मिल्छ र?
एक्लो एकाङ्की एकटकसँग लोलाइरहेका ती दृश्य र अहिलेका यी दृश्य। आखिर सार के हो त? सार छैन भनुँ भने उदाउँदो सूर्यसँग आत्मसात भइनै रहेको छु, सार छ भनु भने अस्ताउँदो सूर्य सँगसँगै आत्मसात गर्नु पर्ने बाध्यता पनि टड्कारो रूपमा उदाङ्गो रुपमा देखिरहेको छु। जीवन बाध्यता, बाध्यता किन र कसरी ? बाँधिएको पो बाध्यता जब बाँधिएको छैन भने के को बाध्यता? किन र कसरी बाध्यता ? बाधिएर बयक्तित रूपमा आत्मसात गर्दै जानु बाध्यता । यस स्वार्थरहित भनुँ वा स्वार्थि समाजमा कल्पना गर्दागर्दै, स्वार्थ हुनुमा पनि त स्वार्थ नै निष्पट्ट रुपमा लुकेको छ।
दयनीय, निन्दनीय आफ्नोपना, आफ्नोपनामा नै अपनत्व, फेरी त्यही अपनत्वमा निश्कलंक अनि त्यही भित्र लुकिरहेको स्वार्थ। स्वार्थरहित समाजको कल्पनामा नै स्वार्थ, त्यही निष्कपट स्वार्थरहित भित्र नै स्वार्थ। बुझ्नु बुझीनसक्नु, बुझेर पनि बुझ पचाउनु, बुझेर बुझ पचाएर फेरी त्यसलाई ओकल्नु पनि त हो नि जिन्दगी। नैराश्यता, कटु वचन, क्रोध को विकल्पमा, माया, स्नेह, आत्मसम्मान, किन हुन सक्दैन जिन्दगी । जिन्दगी सजीव की निर्जीव? सजीव भनुँ भने अनायास नै निष्क्रिय भइदिने, निर्जीव भनुँ भने सधैं नै चलायमान भइरहने, घडीको सुई भनुँ या, भानुभक्तीय घाँसीको दरिद्र कथा झै वस्तुपरक तर फरक निस्वार्थ रहित स्वार्थमा चलायमान चलिरहने जिन्दगी।
जिन्दगी पृथक, काल्पनिक, कल्पना बाहिर, जो, जे जस्तो जुन रूपमा कुदिरहने, यसको पछिपछि लाग्दै कुदिरहनु पर्ने जिन्दगी, जिंदगी कुदिरहेको छ, दोबाटो मा हात हल्लाउनेहरु हात हल्लाइरहेका छन्, चौबाटो, दोबाटो, घुम्ती, उकालो, ओरालोमा कुदीरहेकोछ जिन्दगी। रोक्नेले रोक्न खोजें पनि आफ्नु सुरमा दौडिरहेको छ जिन्दगी, जिंदगीको ड्राइभरको कुर्सीमा बसेर पो कसरी सम्हाल्न, सम्हालिएर गर्दै गन्तव्यमा पुग्नु पो जिन्दगी। हरेक वस्तुको एक गन्तव्य छ नै गन्तव्य को आस नगरी, ठोकर र ठेस नलागी हिड्नु जिंदगी भनी जान्दा जान्दै, ठोकर, ठेस हल्का रुपमा लागि नै हाल्दो रहिछ, र पनि अविरल हिडीराख्नू जिन्दगी, अविरल गन्तव्य, लक्षरहित एकाङ्कीरुपी जिन्दगी। हे जिंदगी, मजा जिन्दगी, महा जिन्दगी, निष्कपट अविरल बगिरहने जिन्दगी। जिन्दगी, जिन्दगी नै जिन्दगी, अनि जिन्दगी, त्यहाँ जिन्दगी, त्यही जिन्दगी, यहाँ जिन्दगी, यो जिन्दगी, छ जिन्दगी, छैन जिन्दगी, आफ्नो जिन्दगी, मेरो आफ्नै जिन्दगी, मेरो सिर्फ मेरो, म अनि मेरो जिन्दगी।
वाह रे जिन्दगि,
वाह रे वाह जिन्दगि।
No comments:
Post a Comment