Saturday, April 10, 2021

Elvis Presley, ईनान, शिक्षा

Elvis Presley,ईनान, शिक्षा

Elvis Presley, ईनान, शिक्षा


आज फेरि चतुर र म सँगै बिहान एक घरमा गएर आयौ। थुप्रै वर्षको अन्तरालमा उसलाई भेट्न गएको हो। एक कौतुहलता, एक जिज्ञासा पनि थियो उ प्रति, त्यही कारणले थुप्रै वर्षको अन्तरालमा उसलाइ भेटेर आएका हौं। भेट नभएको थुप्रै थुप्रै वर्ष भएको थियो, उ खास व्यक्ति पनि हो तर खासै भएपनि केही कारणले नै खास पनि हो र हैन पनि त्यही कारणले गर्दा नै यतीका वर्ष पछि भेट भयो हाम्रो।


त्यहाँ पुगेर देखियो त्यही त्यो Elvis Presley को पोस्टर,त्यही पुरानो रूपलाई नयाँ रुप दिएको रहेछ, उसले उसको आफ्नो कोठाको भित्तामा टाँगेको रहेछ। फरक यत्ति थियो, पहिला त्यो कसैले ल्याएर टासेको थियो भने आज उ आफैले टासेको रहेछ।


मलाई सम्झना छ, उसले यो कस्को तस्बिर भन्दा "यो ईनानको राजकुमार, यो यसको घाँटीमा भएको यो माला, उसले राजाबाट पाएको, यो माणिक, यो रुवि, अनि यो सुन" भनेर भनेको हिजो जस्तो लाग्छ, त्यो बेला याद छ, हामी सबैले उसलाई "यो मानिस Elvis Presley हो, उ एक गायक हो" भनेर भन्दा हैन "मेरो काकाले भनेको यो ईनान का राजकुमार हो" भनेर जिद्दी गरेको। इराक, ईरान भनेर देशको नाम सुनेको तर इनान भनेर कुन देश हो र कहाँ छ भनेर आज सम्म पत्ता लाग्न सकेको छैन। सायद भबिस्यमा हुने नै होला, कसले भन्न सक्छ र यस चलायमान पृथ्वीमा।


अझै याद गर्दछु ती दिनहरु, उसलाइ कति सम्झायौं हामीले कति भन्यौं। त्यो बेलामा हाम्रो कक्षा कोठामा पढ्ने अरु साथीले सम्झाउँदा पनि उसलाई लाग्दैन थियो। उसले खाली "मेरो काकाले भनेको इनान देशको राजकुमार हों" भनेर जिद्दी गरेकाे, हुन त यसरी गलत शिक्षा नदिनु पर्ने हो, शिक्षा दिंदा सकेसम्म थाहा छ भने यो भनेको यस्तो हो, थाहा छैन् भने म बुझ्ने छू भनेर दिएको नै राम्रो। आखिर एक न एकदिन साँचो कुराहरु बाहिर प्रकाशमा आइहाल्छ नि। तर किन मानिसहरू यसरी मानिसलाई नै जानी जानी मुर्ख बनाउन तल्लीन हुन्छन्, के पाउँछन् र? त्यही न हो, मुर्ख बनाएको भन्दा अलिक जान्ने न हो। आखिर मुर्ख बनाउनु पनि त्यसलाई चतुर्याई कसरी भन्ने मुर्ख बनाएपछि आफू पनि मुर्ख नै भइयो हैन र ?


हामीले उसलाइ Elvis काे अरु किसिम किसिमका फोटाहरु देखायौ। त्यो बेलाको SUN पत्रिकामा आउने फोटाहरु देखाउँदा पनि उसले भन्ने गर्थियो। "यो अर्कै मानिसको फोटो त्यो अर्कै मानिसको फोटो, एकै हुनै सकदैन" भनेर भन्थ्यो। त्यहि उसले भनेको फोटोमा नै Elvis Presley नाम सहित देखाउँदा पनि उसले, अझै यो अर्कै फोटो, त्यो अर्कै भनेर भन्थ्यो "यो फोटोहरु लगेर तेरो काकालाई देखान्" भन्दा उसले भन्थ्यो "हाम्रो दोहोरो कुराकानि हुन्न यार, मेरो काकाले जे भनेको ठीक, उसले जे गरेको ठीक, तिमीहरू मेरो काका भन्दा बढी जान्ने भएको?" भनेर उल्टै निहुँ खोज्थ्यो।


यही कारणले नै उ हामीबाट टाढिएको थियो। उ टाढिएको हैन, कस्तो शिक्षा यसले लिँदैछ, किन यो यस्तो भएको, शिक्षा विद्यालयबाट मात्र दिने कहाँ हो र? घरपरिवारबाट पनि लिने अनि दिने हो, कसरी यसको नराम्रो कुरामा यसको दिमाग भूटिएको भनेर एक अन्जान अच्चम अनि चिन्ता लाग्नु मानिसको स्वविवेक धर्म नै भएको थियो।


उ हामीबाट यसरी गलत शिक्षाबाट अलग भयो भने, यस्तै गलत शिक्षा उसकोमा अरु कति आइपर्यो होला? उ यसरी नै गलत शिक्षाबाट अरु कति जनाबाट टाढिएको होला? यसरी उसको बारे लेखा जोखा गर्न मलाइ के नै मतलब अझ नेवारीमा भनुँ भने "छू: मटलव", तर पनि निर्दोषीता थियो नै उसमा उसले जे जान्यो र सिक्यो त्यही नै त गरेको थियो। संसार पनि त यसमा यसरी नै चलायमान छ तर गलत शिक्षा मा नै किन ?


हामी उसकोमा बसेर थुप्रै समय कुरा गर्यौ र अन्तमा मैले उसलाई "तेरो इनानको युवराज अब राजा भयो होला हगि?" भनेर जिस्काएको उ पनि शायद पुरानो यादमा फर्केर गहभरी आँशु झार्ला जस्तो गरी केही बोलेन, एकछिन सन्नाटा नै भयो। उ बोल्न खोज्या जस्तो गर्यो तर केही बोलेन, अनि चतुरले सोध्यो "Elvis को फोटो हैन भन्या", उ फेरी त्यही कुरा दोह्राएर गहभरी आशु पार्दै भन्यो "हैन, यो इनान देशको राजकुमार, यसको घाँटीमा भएको यो निलो माणिक, यो रातो रुवि र सुनको माला हो।" यति भन्यो तर एकदम सन्नाटा नै छायो। मैले केही बोलिन, हामी सबैजना चुप, त्यसपछि हामी हिँड्यौ।


बाटोमा फेरी चतुरले सोधेको थियो, "किन त्यसरी Elvis को तस्बिर लाई इनानको राजकुमार भनेको?" मैले भने "छाडिदे यो कुरा हरेक साथीको भित्री कुराहरू म तलाइ कसरी बताउन सक्छु र, तेरो संगतले यहाँ सम्म पुगेको छु, यसरी तलाइ नै भन्नु राम्रो हैन, केही कुराहरू गोप्य नै राखेको राम्रो।"


बाटोमा हिँड्दै आउँदा उसले फेरि Elvis को ठूलो पोस्टर देखाएर "इनान देशको राजकुमार" भन्यो मैले एक खट्टा उसको टाउकोमा बजारेर "यसरी अर्काको बारेमा उपहास गर्नु राम्रो हैन, उसलाइ पनि अब थाहा भयाे के हो भनेर तर पहिला थाहा थिएन बिचरालाइ त्यही कारणले उ टाढिएको थियो। सायद अझै कति यस्तै अनेक कुरामा टाढिएको होला, अब हामी उसलाइ पनि समय दिनु पर्छ अब, यसरी जिस्काउनु गलत हो" भनेर सम्झाएर आफ्नो बाटो लागेका थियौं।

No comments:

Post a Comment