Saturday, May 8, 2021

मित, मित्र, हितैषी

मित, मित्र, हितैषी र

मित, मित्र, हितैषी


मित, मित्र, हितैषी ? को हो? के हो? कस्तो अच्चमको प्रश्न। आफैसँग गर्दैछु, राम्रो गर्यो, उसले भनेको मान्यो, उसले भनेको जस्तो गर्यो भने मित, मित्र, हितैषी, उसले भनेको जस्तो मानेन, उसको इच्छा विपरीत आफू चल्न थाल्यो वा भनौं उसको आदेशहरु उपयुक्त रुपमा पालना गर्न सकेन भने अर्थात जानाजान उसको कार्यहरू गरिदिएन भने दुश्मन, कस्तो अच्चम भाव अर्थात महिमा?


चतुर मसँग छ, हामी एकआपसमा खुबै मिल्छौ र पनि कहिलेकाँही उसको बानीदेखि कता-कता कहीँकतै मलाई उसको व्यवहार अपत्यारिलो के नमिलेको जस्तो लाग्छ। हुन त मैले उसलाई केही गरेको पनि छैन, गर्नेवाला पनि छैन र गर्दिन पनि, मैले यसरी विश्वास गर्दा गर्दै उसले म प्रति केही बिस्वासघात गर्यो भनें ? मेरो यौवन, जीवन र समय नै अर्पित छ उ प्रति तर किन अनायास क्षण भरमानै हाम्रो मित्रवत व्यवहार माटोमा मिसिन्छ कि वा मिसिने पो हो कि? कहींकतै एकापसको मित्रवत व्यवहारबाट शत्रुतामा परिणत त हुने हैन? सबै कार्यहरू सकारात्मक परिवेशमा नै हुने गर्दछ र हो पनि, यसरी सकारात्मक परिवेश हुँदा हुँदै किन म आज चतुरको लागि नकारात्मक सोच गर्न बाध्य हुँदैछु? हुँदैन हैं गर्न हुन्न हैं भनी जान्दा जान्दै पनि किन नकारात्मक भावहरू मेरो मनमा आज ?


दुई दिन भयो मेरो साथी चतुर आफ्नै तालमा गुमसुम छ, बोलाउँदा बोल्छ बस त्यति मात्र र भन्छ, "नकारा न, कहिलेकाँही त मलाई तैंले एक्लै छाडी दे न, एक्लै छाड्न सक्दैनस् र?" उसको व्यवहार गएको दुई दिनमा अच्चम नै गर्यो, सायद कसैको यादमा भएको हो कि सोध्न पनि गाह्रो। हुन त मेरै साथी हो, उसको हरेक यावत सबैनै थाहा भएर पनि किन केही कतै, कुनै भाव भङ्गीमाहरू थाहा नभएको मलाई ?साथी, आत्मीय साथी, शब्द नै मिठो, हामी दुई आत्मीय साथी भन्दा पनि पुरानो साथी भन्न रुचाउँछु। सायद उसको पनि कोही आत्मीय साथी थियो होला। केही याद केही छटपटाहट नै थियो होला उसको आफ्नो साथी प्रति अझ प्रस्ट वा स्पष्ट भन्नुपर्दा उसको आत्मीय साथी म, मलाई उसको आफ्नो साथीको बारेमा म पुरानो साथीलाई किन केही भन्न नरुचाएको होला?


नववर्षको नवदिन सबैलाई प्रिय नै हुन्छ। तर यसपालिको नयाँसाल उ केही बोल्न नै खोजेन कसैको याद कसैको छटपटाहट, मैले देखिरहेकोछु बिहान उठ्यो राम्रोसँग नुहायो, हुन त हामी दुवै साकाहारी नै हौं तर त्यसदिन उसले लसुन-प्याज पनि बार्यो, चुपचाप गुमसुमसँग बस्यो वैशाख २ गते पनि नुहाँयो तर झन् वैशाख २ गते अच्चम नै गर्यो। काममा गयो छेउको मन्दिरमा गएर ढोग गरे झैं गर्यो तर मलाई जहाँ सम्म लाग्छ, राम्रो संग उसले ढोग गरेन, सबै त्यहाँ भएभरका पण्डित देखि भिख माग्ने सबैलाई दान गर्यो सबैलाई यसरी आजको दान दिनुको के अर्थ हो. मैले त्यो बुझ्न सकिन? उसको साथीले भन्दै थिए "त्यहाँ गएर रक्सी पिउँछन् अब, बरु खानेकुरा दिएको भए हुने नि?" उसले जवाफ फर्कायो " रक्सी नै खान्छन भन्ने के विश्वास पानी पनि त पिउन सक्छन्, मेरो दिने काम हो,दिए" अच्चम लाग्यो चतुरको जवाफ सुनेर र पनि यसरी आज किन दान गरेको कस्को नाममा मलाई नै सोच्न बाध्य बनायो चतुर ले।


आफ्नो काममा गयो, हामी सँगै नै थियौं धेरै बोल्न नै खोजेन, मलाई उ प्रति उत्सुकता हुँदाहुँदै कतै टोलाईरहेको केही भूतकाल अझै भनुँ पहिला घटेका राम्रा रमाइला कुरा सम्झिएर उसले केही सोच्न बाध्य भएको जस्तो आभास दिइरहेको थियो । जन्मदेखि आजसम्म र अझै भनौं भविष्यमा मित्र यथावत हुने भइनैरहन्छन् वैशाख महिना सकिन सकिन आटेको छ र पनि वैशाख महिनाको सुरुको घटनाले उ प्रति श्रद्धा भनौं वा उसले अझै ती दिनको बारे नभन्दा नैराश्यता लाग्नु म एक बुज्रुकलाई स्वाभाविक नै हो।


मलाई पनि साथीहरुको सम्झना आउँछ,अझ भनौँ किसिम किसिमका साथीहरुको सम्झना आउँछ नै, दानव, दुष्ट नभएका हैनन् साथीहरु, सायद कसैको लागि उनीहरूले भने अनुसार नगर्दा म कसैको लागि दानव दुष्ट नै भए होला, तर मेरो संग्रहमा पनि त दानव र दुष्टको लामालस्कर छ नै, तर पनि चतुर तिमी मलाई त्यो संग्रह मा नहाल ल मेरो बिन्ती छ, कृपया तिमी जे जे भन्छौं म त्यही त्यही मान्छु, तिमी जहाँ जहाँ भन्छौं म त्यही त्यही जाने वा गर्ने प्रयत्न गर्नेछु, तिमी जसो जसो राम राम भन्छु म त्यसै त्यसै हरी हरी भन्नेछु, तिम्रो साथबाट म छुटिने छैन ल, तिम्रो साथ मैले कहिले पनि छोड्ने छैन ल।


उ चुपचाप सुन्छ अनि भन्छ "बढी नाटक गर्छस् नि, ल ल नौटंकी गर्ने अरुपनि धेरै थुप्रै छन्, खुब नाटक आउँछ हगि तँलाई" म भुई तिर कृतव्यविमुड हुन्छु र चुपचाप बस्छु। उसको आज्ञाकारी एक साथी न हु म ।

Saturday, April 10, 2021

Elvis Presley, ईनान, शिक्षा

Elvis Presley,ईनान, शिक्षा

Elvis Presley, ईनान, शिक्षा


आज फेरि चतुर र म सँगै बिहान एक घरमा गएर आयौ। थुप्रै वर्षको अन्तरालमा उसलाई भेट्न गएको हो। एक कौतुहलता, एक जिज्ञासा पनि थियो उ प्रति, त्यही कारणले थुप्रै वर्षको अन्तरालमा उसलाइ भेटेर आएका हौं। भेट नभएको थुप्रै थुप्रै वर्ष भएको थियो, उ खास व्यक्ति पनि हो तर खासै भएपनि केही कारणले नै खास पनि हो र हैन पनि त्यही कारणले गर्दा नै यतीका वर्ष पछि भेट भयो हाम्रो।


त्यहाँ पुगेर देखियो त्यही त्यो Elvis Presley को पोस्टर,त्यही पुरानो रूपलाई नयाँ रुप दिएको रहेछ, उसले उसको आफ्नो कोठाको भित्तामा टाँगेको रहेछ। फरक यत्ति थियो, पहिला त्यो कसैले ल्याएर टासेको थियो भने आज उ आफैले टासेको रहेछ।


मलाई सम्झना छ, उसले यो कस्को तस्बिर भन्दा "यो ईनानको राजकुमार, यो यसको घाँटीमा भएको यो माला, उसले राजाबाट पाएको, यो माणिक, यो रुवि, अनि यो सुन" भनेर भनेको हिजो जस्तो लाग्छ, त्यो बेला याद छ, हामी सबैले उसलाई "यो मानिस Elvis Presley हो, उ एक गायक हो" भनेर भन्दा हैन "मेरो काकाले भनेको यो ईनान का राजकुमार हो" भनेर जिद्दी गरेको। इराक, ईरान भनेर देशको नाम सुनेको तर इनान भनेर कुन देश हो र कहाँ छ भनेर आज सम्म पत्ता लाग्न सकेको छैन। सायद भबिस्यमा हुने नै होला, कसले भन्न सक्छ र यस चलायमान पृथ्वीमा।


अझै याद गर्दछु ती दिनहरु, उसलाइ कति सम्झायौं हामीले कति भन्यौं। त्यो बेलामा हाम्रो कक्षा कोठामा पढ्ने अरु साथीले सम्झाउँदा पनि उसलाई लाग्दैन थियो। उसले खाली "मेरो काकाले भनेको इनान देशको राजकुमार हों" भनेर जिद्दी गरेकाे, हुन त यसरी गलत शिक्षा नदिनु पर्ने हो, शिक्षा दिंदा सकेसम्म थाहा छ भने यो भनेको यस्तो हो, थाहा छैन् भने म बुझ्ने छू भनेर दिएको नै राम्रो। आखिर एक न एकदिन साँचो कुराहरु बाहिर प्रकाशमा आइहाल्छ नि। तर किन मानिसहरू यसरी मानिसलाई नै जानी जानी मुर्ख बनाउन तल्लीन हुन्छन्, के पाउँछन् र? त्यही न हो, मुर्ख बनाएको भन्दा अलिक जान्ने न हो। आखिर मुर्ख बनाउनु पनि त्यसलाई चतुर्याई कसरी भन्ने मुर्ख बनाएपछि आफू पनि मुर्ख नै भइयो हैन र ?


हामीले उसलाइ Elvis काे अरु किसिम किसिमका फोटाहरु देखायौ। त्यो बेलाको SUN पत्रिकामा आउने फोटाहरु देखाउँदा पनि उसले भन्ने गर्थियो। "यो अर्कै मानिसको फोटो त्यो अर्कै मानिसको फोटो, एकै हुनै सकदैन" भनेर भन्थ्यो। त्यहि उसले भनेको फोटोमा नै Elvis Presley नाम सहित देखाउँदा पनि उसले, अझै यो अर्कै फोटो, त्यो अर्कै भनेर भन्थ्यो "यो फोटोहरु लगेर तेरो काकालाई देखान्" भन्दा उसले भन्थ्यो "हाम्रो दोहोरो कुराकानि हुन्न यार, मेरो काकाले जे भनेको ठीक, उसले जे गरेको ठीक, तिमीहरू मेरो काका भन्दा बढी जान्ने भएको?" भनेर उल्टै निहुँ खोज्थ्यो।


यही कारणले नै उ हामीबाट टाढिएको थियो। उ टाढिएको हैन, कस्तो शिक्षा यसले लिँदैछ, किन यो यस्तो भएको, शिक्षा विद्यालयबाट मात्र दिने कहाँ हो र? घरपरिवारबाट पनि लिने अनि दिने हो, कसरी यसको नराम्रो कुरामा यसको दिमाग भूटिएको भनेर एक अन्जान अच्चम अनि चिन्ता लाग्नु मानिसको स्वविवेक धर्म नै भएको थियो।


उ हामीबाट यसरी गलत शिक्षाबाट अलग भयो भने, यस्तै गलत शिक्षा उसकोमा अरु कति आइपर्यो होला? उ यसरी नै गलत शिक्षाबाट अरु कति जनाबाट टाढिएको होला? यसरी उसको बारे लेखा जोखा गर्न मलाइ के नै मतलब अझ नेवारीमा भनुँ भने "छू: मटलव", तर पनि निर्दोषीता थियो नै उसमा उसले जे जान्यो र सिक्यो त्यही नै त गरेको थियो। संसार पनि त यसमा यसरी नै चलायमान छ तर गलत शिक्षा मा नै किन ?


हामी उसकोमा बसेर थुप्रै समय कुरा गर्यौ र अन्तमा मैले उसलाई "तेरो इनानको युवराज अब राजा भयो होला हगि?" भनेर जिस्काएको उ पनि शायद पुरानो यादमा फर्केर गहभरी आँशु झार्ला जस्तो गरी केही बोलेन, एकछिन सन्नाटा नै भयो। उ बोल्न खोज्या जस्तो गर्यो तर केही बोलेन, अनि चतुरले सोध्यो "Elvis को फोटो हैन भन्या", उ फेरी त्यही कुरा दोह्राएर गहभरी आशु पार्दै भन्यो "हैन, यो इनान देशको राजकुमार, यसको घाँटीमा भएको यो निलो माणिक, यो रातो रुवि र सुनको माला हो।" यति भन्यो तर एकदम सन्नाटा नै छायो। मैले केही बोलिन, हामी सबैजना चुप, त्यसपछि हामी हिँड्यौ।


बाटोमा फेरी चतुरले सोधेको थियो, "किन त्यसरी Elvis को तस्बिर लाई इनानको राजकुमार भनेको?" मैले भने "छाडिदे यो कुरा हरेक साथीको भित्री कुराहरू म तलाइ कसरी बताउन सक्छु र, तेरो संगतले यहाँ सम्म पुगेको छु, यसरी तलाइ नै भन्नु राम्रो हैन, केही कुराहरू गोप्य नै राखेको राम्रो।"


बाटोमा हिँड्दै आउँदा उसले फेरि Elvis को ठूलो पोस्टर देखाएर "इनान देशको राजकुमार" भन्यो मैले एक खट्टा उसको टाउकोमा बजारेर "यसरी अर्काको बारेमा उपहास गर्नु राम्रो हैन, उसलाइ पनि अब थाहा भयाे के हो भनेर तर पहिला थाहा थिएन बिचरालाइ त्यही कारणले उ टाढिएको थियो। सायद अझै कति यस्तै अनेक कुरामा टाढिएको होला, अब हामी उसलाइ पनि समय दिनु पर्छ अब, यसरी जिस्काउनु गलत हो" भनेर सम्झाएर आफ्नो बाटो लागेका थियौं।

Friday, April 2, 2021

जिन्दगी

जिन्दगी

जिन्दगी



जिन्दगी अनायास, एकाङ्की, एक्लो, एक्लो त नभनी हालौं, किनकि एकलरुपि एकान्त र एक्लो फरक शब्दार्थ तर गहन मौलिक अर्थ। बनेर बनाउने हैन, बिगारेर बनाउने पनि हैन, बिग्रिने पनि हैन, बिगारेर बनाउन पनि सक्ने हैन तर जिन्दगी खोला झै बग्दा बग्दै सँगै बगिरहनु पर्ने अति आवश्यक, आवश्यक हुँदाहुँदै पनि केही निर्भिष्ट अभिलाषाको लागि त्यागरहित जिंदगी, जिंदगी छ पनि छैन पनि, छैन र त छ, छ र त छैन भनेर भन्न मिल्छ र?


एक्लो एकाङ्की एकटकसँग लोलाइरहेका ती दृश्य र अहिलेका यी दृश्य। आखिर सार के हो त? सार छैन भनुँ भने उदाउँदो सूर्यसँग आत्मसात भइनै रहेको छु, सार छ भनु भने अस्ताउँदो सूर्य सँगसँगै आत्मसात गर्नु पर्ने बाध्यता पनि टड्कारो रूपमा उदाङ्गो रुपमा देखिरहेको छु। जीवन बाध्यता, बाध्यता किन र कसरी ? बाँधिएको पो बाध्यता जब बाँधिएको छैन भने के को बाध्यता? किन र कसरी बाध्यता ? बाधिएर बयक्तित रूपमा आत्मसात गर्दै जानु बाध्यता । यस स्वार्थरहित भनुँ वा स्वार्थि समाजमा कल्पना गर्दागर्दै, स्वार्थ हुनुमा पनि त स्वार्थ नै निष्पट्ट रुपमा लुकेको छ।


दयनीय, निन्दनीय आफ्नोपना, आफ्नोपनामा नै अपनत्व, फेरी त्यही अपनत्वमा निश्कलंक अनि त्यही भित्र लुकिरहेको स्वार्थ। स्वार्थरहित समाजको कल्पनामा नै स्वार्थ, त्यही निष्कपट स्वार्थरहित भित्र नै स्वार्थ। बुझ्नु बुझीनसक्नु, बुझेर पनि बुझ पचाउनु, बुझेर बुझ पचाएर फेरी त्यसलाई ओकल्नु पनि त हो नि जिन्दगी। नैराश्यता, कटु वचन, क्रोध को विकल्पमा, माया, स्नेह, आत्मसम्मान, किन हुन सक्दैन जिन्दगी । जिन्दगी सजीव की निर्जीव? सजीव भनुँ भने अनायास नै निष्क्रिय भइदिने, निर्जीव भनुँ भने सधैं नै चलायमान भइरहने, घडीको सुई भनुँ या, भानुभक्तीय घाँसीको दरिद्र कथा झै वस्तुपरक तर फरक निस्वार्थ रहित स्वार्थमा चलायमान चलिरहने जिन्दगी।


जिन्दगी पृथक, काल्पनिक, कल्पना बाहिर, जो, जे जस्तो जुन रूपमा कुदिरहने, यसको पछिपछि लाग्दै कुदिरहनु पर्ने जिन्दगी, जिंदगी कुदिरहेको छ, दोबाटो मा हात हल्लाउनेहरु हात हल्लाइरहेका छन्, चौबाटो, दोबाटो, घुम्ती, उकालो, ओरालोमा कुदीरहेकोछ जिन्दगी। रोक्नेले रोक्न खोजें पनि आफ्नु सुरमा दौडिरहेको छ जिन्दगी, जिंदगीको ड्राइभरको कुर्सीमा बसेर पो कसरी सम्हाल्न, सम्हालिएर गर्दै गन्तव्यमा पुग्नु पो जिन्दगी। हरेक वस्तुको एक गन्तव्य छ नै गन्तव्य को आस नगरी, ठोकर र ठेस नलागी हिड्नु जिंदगी भनी जान्दा जान्दै, ठोकर, ठेस हल्का रुपमा लागि नै हाल्दो रहिछ, र पनि अविरल हिडीराख्नू जिन्दगी, अविरल गन्तव्य, लक्षरहित एकाङ्कीरुपी जिन्दगी। हे जिंदगी, मजा जिन्दगी, महा जिन्दगी, निष्कपट अविरल बगिरहने जिन्दगी। जिन्दगी, जिन्दगी नै जिन्दगी, अनि जिन्दगी, त्यहाँ जिन्दगी, त्यही जिन्दगी, यहाँ जिन्दगी, यो जिन्दगी, छ जिन्दगी, छैन जिन्दगी, आफ्नो जिन्दगी, मेरो आफ्नै जिन्दगी, मेरो सिर्फ मेरो, म अनि मेरो जिन्दगी।


वाह रे जिन्दगि,

वाह रे वाह जिन्दगि।

Tuesday, March 30, 2021

माफ गर चतुर

माफ गर चतुर

आज थुप्रै दिनको अन्तरालमा मेरो साथी चतुरसंग भलाकुसारी गर्न मन लागेको उ त पुरा रिसाएर म सँग बोल्न नैं खोजेन। हुन पनि मेरै गल्ती हो, म नै बेइमानी हुँ, निकै भयो उसको खोजखबर नगरेको, नलिएको अनि उसलाई वास्ता नगरेको, तर उसले यसलाई निकै गहन, गहकिलो र गहिराई रूप अनि स्वरूप दुवैमा लिएको रहेछ।


संसार आनन्ददायी छ, यस आनंददायी संसारमा अर्थात् भौतिक सुख सयलको खोजीमा म पनि एकछिन बुअल्मलिन पुगेछु, मेरो साथी चतुरको खोजविन गर्दै नगरी आफै अनायास नै रुमलिएछु, त्यही कारण नै उ मसँग रिसाइरहेको छ। गल्ती मेरै हो, उसलाई वास्ता नगर्नु, उसको आत्मीय अभिव्यक्तिहरुको वेवास्था गर्दै उसलाइ एकाङ्की रूपमा एक्लै छाड्नु। मानिस सामाजिक प्राणी भनी जान्दा जान्दै किन मानिसहरु एकाङ्कीपन नैं मन पराउँछन् र एक्लै बस्न रुचाउँछन्। मलाइ थाहा छ, मेरो उ बाहेक कोही छैन र उसलाई पनि थाहा छ र पनि हामी किन यसरी टाढा भएको होला ? बुझी नसक्नु यस प्रभु र पृथ्वी को लीला र रहस्य।🙄🙄


धेरै फकाउन खोजी रहेकोछु तर बोल्न नै खोज्दैन उ, एक वाक्य वा वाक्यांश नै निकालेको छैन उसले, रिसाउन पनि पूरापूर रिसाइरहेको छ मसँग कसरी उसलाइ फकाएर फेरी आफ्नो बनाउने, हुन् त हामी आफ्नै हौं जति रिसाए पनि जति झगडा गरे पनि क्षणिक नै हुन्छं तर यो धेरै लम्बिएको थियो र यसलाई कसरी हुन्छ अब देखि यसरी लम्ब्याउने छैन भनेर भनिसकें उसलाई यति भन्दा पुलुक्क हेर्छ उ मतिर र एकनाससँग मलाई हेर्दै नहेरी आफ्नो बाटो लाग्छ, बिहान मैले देख्दा उ एकनास सँग कसैलाई नियालिरहेको जस्तो आभास र भन्दै "बल्ल आज आइस्, आज कताबाट बाटो विराइस वा के विराम गरेर आइस्" भनेको जस्तो। हुन् त, उसको हेराइ वस्तुत एक निर्भिक तेजस्वी नै छ, मेरो गल्ती छ र पो म लुसुक्क उ सँग नजिक छु नजिक भए पनि हाम्रो पुरानो मलिन मान्यता अनायास नै एक रूपमा एक अभीष्ट भनुँ या अमिष्ट रूपमा अगाडि बढ्ने नै छ, एक विश्वास एक आत्मीयता तर यति सानिध्य हुँदा हुँदै पनि किन हामी एक अर्कामा पूर्ण छैनौँ ? किन एक अर्कामा समर्पण भाव छैन ? समर्पण भाव नभएर हैन, हामी दुवै नैं बुज्दछौ, यसरी बुजी टोपलिदिदा पनि किन एक आपसमा अबुझपना ? किन नैराश्यता ?


नैराश्यता एकमा मात्र सीमित हुँदै हुँदैन्, यो वस्तु प्रेरक एक आपसमा बाझिने कुरा हो। यो दुवै पक्ष बीच उब्जिएको एक घृणित विषाक्त न हो, किन यसरी दुवै पक्ष जान्दा जान्दै पनि यस्तो बिषाक्त, द्वेष उब्जिन खोज्छ? किन दुवै मिल्ने भइकन पनि घृणीत स्वार्थबाट अभिप्रेरित भर्इ रहेको छ बुझी नसक्नु एक आनन्दी वा एकाङ्की भन्न सकिन्छ र यसलाई ??


फेरी एकचोटी भन्दै छु ए मेरो चतुर, मलाई अब माफ गरिदेउ, तिमी नै हो मेरो प्रिय साथी, अब कसको कसम खाउँ, म अभागी कस्को कसम खान लायक छु र? मेरो आफ्नै अभागी कसम खाउँ भने कसरी खाउँ? तिम्रो पनि खान सक्दिन चतुर बरु मेरो आफ्नो भूलहरु स्वीकार्छु, मलाई तिम्रो साथ नै चाहिन्छ, म यो कदापी सोच्न सक्दिन की म छू र त तिमी छौ भनेर बस यति मात्र जान्दछु, तिमी छौ र त म छु, तिमी छैनौ म कसरी हुन सक्छु र, बस म यति जान्दछु कि मेरो लागि तिमी निर्जीव भएर पनि सजीव छौ र म एक अभागी सजीव भएर पनि निर्जीव भइ बाँच्नु र बस्नु परेको छ, अब त करुणा र कृपा गरि मुसुक्क मुस्काई देऊ न मेरो साथी

😊😊😊 चतुरको मुस्कान नै मिठो, अब तिम्रो साथ छोड्ने छैन, पक्का धरोधर्म मेरो प्यारो साथी चतुर 😊😊😊

Friday, September 25, 2020

जाउ म कहाँ?

जाउ म कहाँ?

धेरै नै समय र दिनदेखि मन स्वच्छन्द रुपमा कुदिरहेको थियो, एकाग्र पार्न हर संभव कोशिश गर्दा पनि वस्तु, परिस्थिती, समयले गर्दा चञ्चल र साथमा चञ्चलता आइनैरहेकोथियो, मनलाई जतिनै एकाग्र पार्न वा गर्न कोशिश नगरेको पनि हैन तरपनि केही अदृश्य रुप स्वरूपमा आउन खोजीनै रहदोरहिछ। शब्द थिर, स्थिर जे भनेपनि अझै अङ्ग्रेजीमा भनौं भने Permanent मिठास शब्द, हुन त संसारमा के नै थिर वा स्थिर छ नै ? तरपनि केही हदसम्म मान्नु नै पर्दो रहिछ।आजको दिन नयाँ चमक धमक, भोलिको दिन मैलो धैलो र पर्सीकाे दिनबाट पुरानो, यही नै परिवर्तीत संसार, परिवर्तनको नियम नै अपरिहार्य हुनुनैपर्दोरहिछ।


सानामा पढिएको ठोस, तरल र ग्याँस, जिन्दगीनै यही मिश्रणमा कुदिरहदोरहिछ। आज छ, भोलि छैन, पर्सी जसरी पनि हुनु नै पर्छ भनेर भन्दापनि यी सबैमा ठोस, तरल र ग्याँस यस भौतिक संसारमा एक वास्तुपरकनै हुनेरहिछ। यस वास्तुजन्य जिन्दगीको धेरैनै उतारचढाव र थुप्रै वर्षको अघोषित परिस्थिती, सानो छँदाको एक सुन्दर सपना, एक नयाँपन, एक खुसी, एक चमक, एक निर्भरता, एक थिर परिवेशमा आफैमा आफूलाई हराउँदा लुकिएको खुसी देखाउ कसरी म ?


समय बदलिँदो रहिछ, यस बदलिँदो संसारमा बदल्न हरसम्भव हरेक आत्मीय प्राणीले संघर्ष गरिनै रहेका हुन्छन्। सम्बन्ध, आत्मीय, प्रगाढ, ती बाहेक आफू आफैमा हराउँदिन भन्दाभन्दै हराउन खोज्नु, यस भौतिक संसारको एक मिठासपूर्ण अनुभूतिनै हुनआउँदोरहेछ र यो आइरहनुनै पर्दोरहिछ।


जीवन अदृश्य रहिछ र अनमोल पनि, अदृश्य र अनमोलको मिश्रण नै जीवन हो त? यदि हो भने जोवन, यौवनहरु कहाँ गए ? सोचीरहेकोछु, रहन्छु यसरी सोचिनै रहनु यसको फल हो त ? समय त समय नै हो , समयमा नै समयसँग पौठेजोडी खेल्न सकिन्छ त? सकिन्दैन भनेर चुपचाप पनि त बस्नु भएन, आफूमा आफै हराइरहनको मज्जा नै बेग्लै, त्यो बेग्लै अरुभन्दा फरक, निष्कपट अन्धकार उज्यालोको केन्द्रबिन्दु तिर लम्कन खोजिरहेको म, तर पनि त्यही आशो को त्यान्द्रोमा किन अल्झिरहेको म? त्यो नै जीवन हो र त्यसमा नै सन्तुष्टि पाइन्छ भनेर भनिन्छ, यी यावत थाहा छ तरपनि जोवन अनि योवन खै ? यसरी अनायास यावत् कुराहरू मनमा किन खेलीरहन्छ र खेलाइदोरहेछ।


नयाँ ठाउँ, नयाँ परिवेश, छिमेकी नयाँ, ढुङ्गा मुढा इट्टा पानी यावत कुरा नयाँ र सुन्दर यति सब हुँदाहुँदै पनि यस भौतिक संसार मा किन एकाङ्की र एक्लो। सायद संसार को नियमनै यही होला र यसलाई पालन गर्नु नै एक जीवन रहेछ। संसारको नियममा पौडी खेल्नुको मज्जानै बेग्लै, तर जति पौडी खेलिन्छ शरीरलाई आवश्यक ऊर्जा त निकाल्नु नै पर्दो रहिछ। पानीमा चञ्चलता छ नै, पानी सँग खेल्नु अगाडि आफुपनि जानी बुझी, के कसो गर्दा छछल्का ननिकाली शान्त भई बस्नु नै एक कला हुनेरहिछ।यी यावत कुराहरुले विचलित गरिदिँदा जे गर्न खोजेको त्यो प्राप्त नहुँदा यस भौतिक संसारमा भौतिक सुख पाइन्छ त? प्रश्नै प्रश्नले उजडिएको मेरो मन मेरो प्रश्नको उत्तर खोज्न कहाँ जाउ म ?


उत्तर खोज्न कहाँ जाउ म ?


जाऊँ म कहाँ?

Saturday, September 5, 2020

शनिबार, जेरीश्वारि

Saturday, Jerry Swari


आज शनिबार, बिचरा चतुर मस्त सुतिरहेको, बल्ल बल्ल व्यूँजियो, हामी उठेर मुख नधोई बाहिर निस्कियौं।

चतुर : "ओय, पैसा बोकिस हैन?"

म : "किन त सँग छैन र?"

चतुर: "म भिकारी यार, त छस र त म ढुक्क छु"


म केही बोलिन मनमनै गम्दैछु "आज मसँग छ, भोलि नहुन पनि सक्छ, हिजो पनि त थिएन आज छ, छैन र थिएन दुई फरक शब्द भएपनि एकआपसमा मिलन छ, यस्ता द्विर्थी शब्दसँगै समाज वा व्यक्तिको मिलन हुँदोरहिछ।


बिस्तारै हिँड्दै छौ, केही नबोली मानिसहरूको आवतजावत प्राय न्यून वा शुन्य छ। जुन शनिबारको चहलपहल हो त्यो देखिँदैन। हामी दुईभाइ हिड्दै छौ, जीवन एक संघर्ष र हिडाई एक गन्तव्य हो नैं।, त्यो गन्तव्यमा पुग्यो एकछिन थकाइ मार्यो फेरी अर्को गन्तव्यको दिशातिर मोडियो। संघर्ष र हिडाई नै एक अर्कासँग पुरक सम्बन्ध राख्दारहिछन् । हामी हाम्रो गन्तव्यमा पुग्यौं। सानो दोकान, दोकानमा साहुनी, साहुजी लजालु,साउनिको सानो करिब तीनवर्षको छोरा होला सायद बाबु सानो परालको म्यान्द्रोमा बसेर दूध मालपुवा खादै, हामी त्यो बाबुलाई अलिक छलेर भित्र मेचमा बस्यौ। टेबलमा यत्रतत्र छरिएका गिलास, रित्ताप्लेटहरु, यसो पन्छाउन खोज्दखोज्दै, लजालु साहुजीले हत्तपत्त सफगरिदिनुभयो।


टेबुलमा जेरीश्वारि आईपुग्यो, हामी दुई एकआपस नबोली खानथाल्यौं, चतुरलाइ थाहा छ, खानाखाँदा म चाँडो धेरै चाँडो खान्छु र खानाखाँदा बोलेको मनपर्दैन भनेर र त्यही बीचमा अनायास नैं अनेक तर्कना वितर्कना सोच्नपुदछु। यो जेरी अनि श्वारि एकआपसमा सामान्य भए पनि कति असामान्य, एकलाई पकाएसकेपछि अर्को पकाउनुपर्ने, एकको रंग सेतो अर्कोको सुन्तला पहेंलो, एक गोलो अर्को पूरा रूप हेर्दा अदुवा जस्तो तर मिठास।एकमा गुलीयोको मात्रा धेरै अर्कोमा कम, जिन्दगीनै जेरीश्वारि हो कि जस्तो, जसरी पनि अरूको लागि मन मिले नमिले पनि मिलेर जानु पर्ने। जीवन जीवन्त पार्न मिलन आवश्यक नै हुँदोरहेछ ।


चतुर भन्छ बिस्तारै "जेरिश्वारि दुवैको समिश्रण बेग्लै, कोही २ वा ३ वटा श्वारीसँग एकजेरी खाँदा पनि भएकोनैछ, एक श्वारिसँग २ भन्दाधेरै जेरी खाँदा पनि भएकोनैछ, म किन एक जेरी, एकै श्वारिमा रमाएको होला?" चतुरको कुरा सुन्दै छु, फेरी उ बोल्न थाल्छ। "दुवै परिकार आखिर तातो तेलमा उही व्यक्तिले प्रेमपूर्ण रूपमा पकाउँछन्, दुवै आकार-प्रकार, रूपमा भिन्नता, तर एकआपसमा मिल्दा कति आत्मीय स्वाद। स्वाद नै संसार अनि संसार नै स्वाद हैन र? ती दुई एकआपसमा भिन्नता हुँदाहुँदैपनि जसले आहार गर्छन् कति भित्री हृदयबाट तरंगीत प्रफुल्लितभई मिष्ठान गर्छन र भित्री हृदयबाट धन्य धन्यवाद प्रकट गर्छन। जसरी आज म भएको छु।"


अब उसको कुरा सुनेर अलिक थकित महसुस हुनथाल्छ मलाई अनि एकछिन सोच्छु, प्रकृति, समाज, आहार, विश्व अनि फेरि जेरीश्वारि अनौठो नै हो। संसारमा दुनियाथरी अाहरप्रकार हुँदाहुँदै यो शनिबार बिहानीपखको जेरीश्वारीको अनौठो मिश्रणको एक स्वाद एक खेलमा रमाउँदै र तृप्त हुँदै फेरी हामी अर्को गन्तव्य तिर लाग्छौ । पैसा तिरी सकेपछि चतुर मुसुक्क हाँस्छ जिस्काएर र भन्छ," त छस र त म छू" तर यथार्थमा उसको साथ, सामीप्य, सदभाव, मायाले गर्दा नै आज म छु, यो उसलाई पनि थाहा छ र त मलाई बेलाबेलामा जिस्काईरहन्छ।

Wednesday, August 26, 2020

भदौ १०, १९७६ (August 26,2020)

Snake and Ladder

बिहान

आज मसँग चतुर (मेरो आन्द्रेमित्र चतुर्भुज) छैन मसँग। म बिहानीपख एक्लै छू आज। कहीं, नयाँ ठाउँ, परिवेश, अपनत्व हुन खोज्दै र सँगै नयाँ वस्तुको पूजा।


भाग्य अनि भाग्यको खेला, कहा बाट के कसरी अनि कता केही बुझेको छैन मैले, अब बुझ्न पनि खोज्दिन तर खोज्छु र मैले खोज्नै पर्छ। जिन्दगी एक खोज नै हो।


म छु र त त्यो छ, म छैन भने त्यो छ र ? जब म नै छैन भने मेरो लागि उ कसरी रहन्छ? जिन्दगी छ र छैन मा नै व्यतीत हुँदो रहिछ। आजको लागि यस ठाउँमा म छू भने भोलि म यो ठाउँमा हुन सक्दिन र प्रकृति ले हुन दिद्दैन पनि। एक ठोस गन्तव्य, अडिन भनौं वा अडिग रहन, हरेक वस्तु अडिग छैन, चलायमान नै छन् र यसरी चलायमान भईकन पनि केही अस्तिर मन अनि एकाग्रतात र चञ्चलता नै जिन्दगीको सार रहिछ।


भदौ १०, १९७६ (August 26, 2020)

बेलुका

चतुर अनि म, दुवै मौन, निस्पट शान्त। विश्वास लाग्दैन यो ठाउँ आउँदा हामी कोलाहल ललितपुर भित्र नै छौ भनेर, गाडी, हल्ला खल्ला केही छैन अनि दुवै जना मौन ।


म : तेरो विचारमा जिन्दगी शान्त हो की अशान्त ?


चतुर: कस्तो कुरा सोधेको शान्त र अशान्त ? यी दुवै एकआपसमा खुबै मिल्छन्, त्यो छ, यो छैन, यो छ त्यो छैन।


म : सही हो, छ चाहिं के त ?


चतुर : सन्तुष्टि, आत्मसन्तुष्टि। आज यस्तो विषम परिस्थितिमा त र म भोलिको सुखद परिकल्पनाको लागि सँगै सुत्या छौ। यही सुख हो र यसको सुखद अनुभूति लिन जान्नु पर्छ।


म: सही भनिस् यार तैंले, त छस र त म छु, खुसी लाग्छ त देखि, ल अब सुतौं, सुभ रात्री 😁😁

भदौ ११, १९७६ (August 27, 2020)

बिहान

(सुभ बिहानी 😁😁)

बिहान साविक ४:३० उठ्ने समय, मुख धोएर नयाँ ठाउँमा श्री आशुतोष बाबालाई सम्झेर ध्यान गरिँदा एक आनंद। तर अच्चम जति ध्यान गरे पनि विराटनगरको पुरानो घरतिर नै ध्यान मोडियो आज, पैसाको कमी भएर त्यो घर बेचेर बाँडेर खाए पछि कस्को के गर्न सक्छु र मैले।आफू पहिला पसेको घरमा पछि आएर पसेकाहरुले बेचेर खाँदा मन दुख्छ नै, आखिर छोरो भन्दा पैसा प्यारो हो भने ठीकै छ मपनि नाता, गोता, सम्बन्ध र बोलचाल नै बन्द गरी बसीदिन्छु। एकदम बन्दा बन्दी। पैसाको लागि सबको भलाइ हुन्छ भने ठीकै छ। पैसा नै ठूलो सही के नै गर्न सकिन्छ र ? टाढा वसिदिने न हो, कसैले नदेख्ने, नभेट्ने गरी।


चतुर हलचल नगरी मेरो आक्रोश एकतमास ले हेरिरहेको छ र उ पनि मौन छ उ सुस्तरी मेरो कानमा आएर भन्छ " छाडी यस्तो कुरा, संसार यसरी नै चल्छ र चल्न दिनु पर्छ, हाम्रो देश यसै गरीब कहाँ भएको हो र मानसिकता नै गरीब छ, तेरो जस्तो ?


उसको कुराले म अवाक हुन्छु र हामीसँगै बिहानीपख बाहिर निस्किन लाग्छौ।


जय होस् 🙏

सबैको राम्रो होस् 🙏

सबैको उन्नति होस् 🙏

सुभ बिहानी 🙏

Friday, August 21, 2020

Snake and Ladder

Snake and Ladder


मेरो एक साथी चतुर्भुज मायाले चतुर भन्छु । प्राय मसँगै हुन्छ, मलाई छोडेर निकै पल्ट गयो फेरी म उसलाई फकाएर साथनै लिएर आउँछु ।


उ संगको मेरो सानिध्य आज भन्दा धेरै वर्ष अगाडि कक्षा ५ पढ्दा देखिको हो। हाम्रो सम्बन्ध त्यहीसाल टुट्यो फेरी कक्षा ९ मा मिलन भयो । त्यो पनि एक महामहिमले मलाई "तेरो बुद्धि छैन, चतुरसँग संगत गरिस् भने अलिक मानिस हुन्छस् की" भनेर मारसँग गाली खाइयो, त्यही सालबाट हामी निकै नजिकिएका थियौं। उसले मलाई एकाग्र बनाउन र हुन सिकायो फेरी उ मबाट छुटिन खोज्दथियो तर म उसको पीछा छोड्नेवाला कहाँ थिए र आज यस्तो Corona lock down भएको बेला उ फेरी मेरो साथ नै छ र उसको साथले मपनि धेरै खुसीछु ।😁


उ भन्ने गर्छ "मानिसले भर्याङ्गलाइ (सीडी) किन वास्ता नगरेको?"


म चुपचाप उसको कुरा सुन्छु फेरी उ भन्छ "सीडी चढ्छन्, यही सीडीको मद्दतले कति कति माथि पुग्छन् तर किन फर्केर वा ढोग गरेर जाँदैनन्" ?


उसको कुराले म अवाक हुन्छु, फेरी सानो छँदा Snake and Ladder साँप-सीडी खेलेको, त्यसमा ९९ पुग्ने बेला कसरी झरेर ११ मा पुगिन्थ्यो भन्ने यादमा म टोलाउन पुग्दछु।


उ बोल्न छाड्दैन, फेरी भन्छ "तलाइ जिन्दगीमा सीडी बनाएर मानिस चडेकी चडेनन्?"


उसको यस आकस्मित प्रश्नले म झस्किन्छु, भुईतिर हेरेर हलुका सास लिए जसरी केहीबोल्दिन फेरी उ गनगनाउन थाल्छ ।


उ बोल्दै जान्छ "किन कहींकतै सिडिलाई पूजनीय रूपमा भगवानको रूपमा पुजेको नदेखेको? हरेक भगवानकाे मन्दिर जाँदा मात्र धेरै रूपमा सीडीको प्रयोग भएको छ नी"?


उसको कुराले म निकै गम्भीर हुन्छु सोच्छु आखिर सीडी अर्थात् भर्याङलाई कसले पो पुज्छ र पुजेको छ? प्रयोग भयो, ठाउँमा पुगियो, त्यहाँ बाट फेरी अर्को भर्याङ्ग, अर्को बाट अर्को भर्याङ्ग यसरी लम्कनु पो जिन्दगी हो त ।


म चतुरलाई भन्छू "हुन पनि हो सीडी आफैमा एक निर्जीव प्राणी कति सजिव झै लाग्छ, हरेक गन्तव्यमा सीडी नभई पुगिँदैन तर सिडीमा कसैको हात समाएर हिँड्न थाल्यो भने समय धेरै लाग्छ, एक्लै हिँड्न थाल्यो भने गन्तव्यमा चाँडै पुगिन्छ।"


फेरी भन्छु उसलाई "कसैले उक्लिँदा गलत भर्याङ्ग पनि देखाउने गर्दछन्, भन्ने गर्छन सक्दैनस्, टाढा छ, यस्तो छ, उस्तो छ, तर आफूले प्रयोग गर्ने हो र त्यही सिडीलाई उपयोग गर्नेहरुसंग सोधखोज गरेर नै उक्लिनु पर्दछ नी।"


उ चुपलाग्छ र भन्छ "तैंले मेरो कुरा बुझिनस"


म भन्छु "तैंले अप्रत्यासित कुरा झिकिस म कसरी बुझ्नसक्छु?"


उ भन्छ "मैले यी निर्जीव जस्ता देखिनेलाई इंगित गरेर व्यक्ति विशेषलाई पो भनेको त"


उसलाई फेरि म भन्छु "सीडी आफ्नो बुद्धिविवेकले भ्याएरनै चढने हो, हो कसैले सीडी बिगारीदिने, लुकाईदिने, भत्काइदिने गरेपनि आफै सम्हालिएर चढनु पर्दछ, गन्तव्य त आफै पुग्नेहो?"


मेरो कुरा सुनेर उ मुर्मुरिन्छ अनि हामी चुपचाप नबोली एकछिन बस्या जस्तो गर्दछौं, आखिर उसलाई म चाहिने नै हो अनि मलाई उ 🙄🙄

Wednesday, August 19, 2020

Happy father's day

Happy Father's Day

भाषा प्यारो हुन्छ नै :) आफ्नो मातृभाषा झनै प्यारो हुँदोरहिछ। जुन भाषामा बालककाल देखि हुर्कियो, बढीयो, खेलियो, कुदियो त्यो भाषा झनै प्यारो हुँदोरहिछ ।


आज यसरी बुबाको मुख हेर्ने दिन कुशेऔंसीमा हाम्रो आफ्नै नेपालीभाषा प्रयोग गरेर आफ्नो विचारहरू आजका दिनबाट शुरूगरी राख्नपाउँदा म अहिलेको विज्ञानलाई धन्यवाद न दिइरहनसक्दिन ।


आजको औंसी अर्थात् कुशेऔंसी हामी नेपालीको एक महान चाँडभित्र नै पर्दछ तर यसमा पनि हाम्रो नेपाल सरकारले छुट्टी दिएको छैन? किन हो यसरी भेदभाव? :( त्यसमाथि कोरोना कहर छुट्टै छदैछ। :( दुर्गा कुञ्ज यो कहीं कतै कुनै ठाउँको नाम हो, आफ्नो नाम, हाम्रो, हामी सबैको नाम र आज यसरी यस नामबाट नै यो सानो वेबसाइट खोलेर यसरी बुबाको मुख हेर्ने दिन बाट शुभारंभ गर्न पाउँदा, आफूले आफैलाई भाग्यमानी सम्झनुको विकल्प म देख्दिन ।


बाबा शब्द नै छुटै मिठो र प्यारो छ, मेरो मानसपटलले भ्याएसम्म मैले पनि सम्वोधन गर्ने मौका पाए तर तृप्त हुन्जेल पाइन। यो संसारमा तृप्त र तृप्ति के नै मा पो छ र ? त्यसपछि थुप्रै मौका हरु मिले, मलाई मेरो माइला बाबाले पनि माया गर्नु हुन्थ्यो। माइला बाबालाई अगाडि माइला थपेर बाबा भन्दा एक किसिमको ऊर्जा, डर, आदर सबै आउँथ्यो यसको बदला वहाँको माया अर्कै किसिमको कसैले पोल सारेर पिट्नु परे रिसको झोकमा पिटी हाल्ने अनि फेरी एकान्तमा बोलाएर आँखा भरी आँशु पारेर अंगालो हाल्ने गर्नु हुन्थ्यो। मेरो सम्झनामा दुई पल्ट भेटेको छु, पहिला पिटाइ अनि माइला बाबाको आँखामा आशु भरीएको अंगालो :), बुझ्नुहुन्थयो वहाँ, "छोरा मानिस हो, एकदम छिट्टो छ, हतार गरेर केही गर्दा केही बिग्रयो होला, सानै पनि त छ नि" भन्ने सोच पछि आएर माया गर्नु हुन्थ्यो ।


जिन्दगीमा थुप्रै तल माथि हुँदो रहिछ र हुनु पनि पर्दो रहिछ (मलाई मात्र है फेरी अरुलाई नहोस् 🙏 :)) मन खाएर थुप्रै रुने कराउने साइबाबासँग गरियो, एक आकृति, एक डर, एक आवेग सायद थुप्रै वर्ष सम्म त्यो सम्बन्ध रही नैं रहयो त्यस बिच म प्रति जिज्ञासु राख्ने एक व्यक्ति सँग भेट भयो, उसले जिज्ञासा राख्दा म पनि उसको साथ नजिकिए।


उसले हरेक कुराहरु झर्को नमानि भन्दा म एक भोकाएको भोको व्यक्ति सरी सबै सुन्थे । कुनैबेला फुकेटमा एकाबिहानै समुन्द्र किनारा जाँदा उ कहा न कहाँ अर्कै देशको मानिस एक्कासी समुन्द्र किनारमा भेट भएर मलाई HTML बारे भनेको अझै याद गर्दछु । उ बाट थुप्रै कुरा हरु जान्ने बुझ्ने र सिक्ने मौका पाए,जुन ऊर्जाको रूपमा मैले त्यसलाई प्रयोग गर्न जति गर्नु पर्ने हो मेरो वातावरण र क्षमता ले पाए, त्यस अनुरूप पनि म भाग्यमानी नै सम्झन्छु।


ज्ञान, सदभाव, समर्थन, प्रेरणा, आशा, भरोसा, मार्गदर्शन जुन मैले आशुतोष बाबा बाट पाएको छु, त्यसलाई पनि म आजको दिन नकार्न सक्दिन ।


र अन्तमा सबै प्रति दुइहात जोडी नतमस्तक भएर Happy Father's day को सुभकामना चढाऊदछु । 🙏🙏